पानी र प्रहरिको कस्तो संयोग

0
109

संविधान श्रेष्ठ ,काठमाडौंँ -पानीको रुप र रङ्ग नभए झै प्रहरीको पनि रुप र रङ्ग छैन । समस्या पर्दा देवताको दुत बनाईने प्रहरी आफनो स्वार्थ अनुसार नचल्दा दानव बनाईन्छ । चिसो पानी गर्मीमा प्यासको लत मेटाउदाँ मिठो बनेझै आफू अनुकूल प्रहरीको सेवा पाउँदा मात्रै प्रहरी राम्रो लाग्छ । जाडो महिनामा चिसो पानीको महत्व घटेझै सुखमा प्रहरीको महत्व घट्दै जान्छ । पानी र प्रहरीको संयोग भन्नुपर्ला सायद किनभने पानी जुन रङ्गमा हाल्दा त्यही रङ्ग र जस्तो आकारको भाडामा हालियो त्यस्तै बनिदिए जस्तै प्रहरी कसैले राम्रो भावले प्रहरी यो राम्रो भन्दा राम्रो भईदिन्छ, भने कसैले नराम्रो प्रहरी भन्दा नराम्रो बन्छ प्रहरी । जुनसुकै कुराको पक्ष र विपक्ष हुन्छ । प्रहरीकोमा आउने दुई पक्षमा पिडीतलाई न्याय दिलाउदा अर्काै पक्षको नजरमा सधै नराम्रो बन्ने गर्दछ प्रहरी ।

सधै साना समस्यादेखि ठूला विपत्तिमा जनतालाई समाधानको लागि आफ्नो घरपरिवार छोडेर जनताको सेवामा खटिने प्रहरी पनि सा¥है स्वार्थी, आप्mनो घरपरिवारको अवस्थालाई वेवास्ता गर्न सकेकै हुन् । सायद पहिला राष्ट्र र जनताको कसम खाएकोले होला । प्रसङ्ग जोडौ कोरोना भाईरस (कोभिड १९) को ।

विश्वभर महामारीको रुपमा फैलिएको यस भाईरसबाट यो लेख लेखिरहँदा २० लाख ३४ हजार ८ सय २ जना संक्रमित भएका छन् भने १ लाख ५ हजार १ सय ६३ जनाको मृत्यु भएको छ । नेपालको कुरा गर्नुपर्दा ३१ जना संक्रमित भेटिएको छ । यसको औषधी कही नबनेको अवस्थामा लकडाउन एक मात्र अचुक उपाय साबित भयो विश्वमा सोही अनुरुप नेपाल सरकारले पनि आफनो जनताको स्वास्थ्यमा ध्यान दिदै २०७६ चैत्र ११ गतेबाट लकडाउन जारी ग¥यो । लकडाउनमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अति आवश्यक मात्र हिड्न पाईने त्यो पनि एक्लै । अब यसमा तर्क आयो कतै कसैले उठाएको लकडाउनमा खटिएको पहीलो पंक्तिका नेपाल प्रहरीलाई सडकमा प्रहरीको भिड किन ? यो प्रश्नले ती आफनो घरमा परीवारसँग बस्न नपाएको मनमा कति टुसारोपात होला । आफनो सुरक्षा छैन कसरी सडकमा खटिनु भन्ने आफनो प्रश्नलाई मनमा राखेको प्रहरीलाई चाउचाउ, फुक्का चिउरा दालमोठ खाएको भनेर हाम्रो भनिएको प्रहरी फेरी अर्काे जमातले दोष लगाउँदा दोषी बनिदिन्छ ।

कुनै समस्या पर्छ प्रहरीलाई खबर गर्नुहोस् अनि आवश्यकता अनुसार हिड्नुहोस् १ जना, कसैसँग समन्वय नगरी सडकमा सडकमा आफुखुसी हिडेको जमातलाई नियन्त्रणमा लिन खोज्दा तथानाम गालीगलौज गर्ने प्रहरीलाई जाईलाग्ने लाई आज सहमति जनाउँदा भोलि सडकमा मानिसको संख्या र कोभिड १९ को संक्रमितको संख्या बढ्यो भने पनि आलोचित हुने प्रहरी नै हो । आलोचना सबै विषयको गर्न पाईन्छ र गर्नुपर्छ । तर यसले हाम्रो लागि घर परिवार र बिना सुरक्षा सामग्री सडकमा खटिएका प्रहरीलाई अघिको रिस राख्दै आलोचना गरीरहँदा हामी आफै कसरी सुरक्षित हुन सक्छौ भन्ने प्रश्न राख्नु जरुरी छ मनमा ।

त्यसैले हामी सबै मिलेर हाम्रो प्रहरीलाई राम्रो पानीमा मिसाएर राम्रो बन्न मद्धत गरौ । घरमा बसेर शारिरीक दुरी कायम गरी कोरोना भाईरसको महामारीबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here