कोरोना परीक्षण : कुन प्रदेशमा कति ? यस्तो छ आजको ताजा अबस्था

0
104

काठमाडौं,बैशाख ८-

गएको माघ ९ गतेबाट नेपालमा कोरोना भाईरस संक्रमण (कोभिड १९) भएको पत्ता लागेको थियो । चीनको उहानबाट आएका एक नेपालीमा रोग लागेको पाइएको थियो । त्यसयता हिलेसम्म् मुलुकमा ३१ ज्नाको कोरोना लागेको पत्ता लागेको छ । जसमा १३ जना भारतीय छन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले तयारी गरिरहेको छ । तर प्रभावकारी हुन सकिरहेको छैन । सरकराको व्यापक आलोचना पनआिइरहेको छ । त्यसका बाबाजुत केही प्रयोगहरु भने भएका छन् ।

आजसम्को प्राप्त विवरण अनुसार मुलुकभर गरेर पिसिआर विधिबाट ८ हजार ४१४ जनाको परीक्षण भएको छ । गत २४ घण्टामा मात्रै ३२४ को परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जनाएको छ । र्यापिड डाईग्नोष्टिक टेष्ट (आरडीटी) बाट २५ हजार १४८ को परीक्षण गरिएको छ । यसबाट गत २४ घण्टामा ३११९ परीक्षण छ । कुल ३३ हजार ५६२ को परीषण । र्यापिड टेष्ट सबै जिल्लामा शुरु भएको छ ।

 

आजसम्म प्रेदशेमा १ मा २३४९, प्रदेश २ मा ३२३८, वाग्मतीमा ४६७६, गण्डकीमा ३७५१, प्रदेश ५ मा २३२४, कर्णालीमा ३२३२ र सुदुरपश्चिममा ५५७८ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

प्राप्त विवरण अनुसार आजसम्म क्वारेन्टाइमा ५९३६ जना बसेका छन् । आईसोलेसनमा १११ जना छन् । जसमा उपत्यका भित्र ४ जना छन् । उपत्यका बाहिर १०७ जना छन् । उदयपुरबाट १५२ जनाको पिसिआर नमूनाको अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेका ेछ ।

उपत्यकासहित थप दुई प्रदेशमा कल सेन्टर 
उपत्यकामा यसअघि कल सेन्टर रहेकोमा आजदेखि थप दुई स्थानमा कलसेन्टर शुरु भएको छ । उपत्यकामा १११५ र ११३३ नम्बरको कल सेन्टरमा थियो । गत २४ घण्टामा २ हजार २८९ कल प्राप्त भएकाले सबै कलको सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।

थपिएको कल सेन्टरमा गण्डकी प्रदेशको कल सेन्टर १०९२, सुदुरपश्चिम प्रदेशको कल सेन्टर ११४८ रहेको जानकारी गराईएको छ । यसबाट पनि सम्बन्धीत प्रदेशका नागरिकले सुचचना लिन र जानकारी पाउन सक्नेछन् । मोवाईल एप हाम्रो स्वास्थ्य र वेव साईटबाट समेत जानकारी गराउने गरिएको मन्त्रालयले बताएको छ ।

त्रिभुवन विश्वविद्यालय माईक्रोबायोलोजी विभाग कीर्तिपुरबाट कर्णली प्रदेश सरकारका लागि आज रियल टाईम पिसिआई मेसिन उपलन्ध भएको छ ।

संक्रमित बढेको छैन, अन्य सेवा जारी 
आजसम्म कोरोना संक्रमित ३१ नै छ । चार जना निको भएर घर गइसकेको र २७ जनाको उपचार जारी रहेको छ । उपचाररतहरुको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अन्य रोगीको उपचार जारी राख्न आग्रह 
अहिलेको अबस्थामा विभिन्न रोगहरु क्यान्सर, मृगौला, मुटु, प्रसुति सम्बन्धी, सुत्केरी दम लगायत दिर्घरोगको अत्यावश्यक सेवा चलिरहेको र नचलेको भए यथावत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको छ ।

हेमोफेलियाको विषयमा अनुरोध आएकाले यसको लागि लकडाउनका बेला हेमोफेलियासँग काम गर्नै समाजहरुले गरिरहेको कामको सराहना गर्दै कसरी औषधी ल्याउने गरिएको छ । मन्त्रालयमा अनुरोध आएमा अन्य देश या मन्त्रालयबाट ल्याउनका लागि सहजीकरण गर्ने जनाइएको छ । नियमित औषधी खाइरहेका विरामीहरुका लागि सामग्ी व्यवस्थापन गर्नका लागि सबैको ध्यान जान जरुरी रहेको डा देवकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here