संकटको बेला पक्ष विपक्ष नभनि एक भई अघी बढौँ ।

0
321

युवराज बस्ताकोटी,काठमाण्डौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस एक ऐतिहासिक र जिम्मेवार पार्टी भएकाले याे सिंगाे पार्टी जनता र देशप्रति उत्तरदायी हुनु आवस्यक छ । संसारलाई त्राहिमाम पार्दै गरेकाे काेराेना भाइरसकाे महाआक्रमणवाट देश र नागरिक वचाउन सरकारले प्रभावकारी नेतृत्व दिन सक्नुपर्छ । यो संकटको बेला आर्थिक अनियमितताका प्रसंगहरु आउनु सरकार र जनताकाे हितकाे कुरा हाेईन । एक प्रकारले यो दुखद कुरा हो।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संग बार बार जनतालाई बचाउन उपाय समेत दिंदै अनुराेध गर्दै आएका छन् । काँग्रेसका युवा नेता गगन थापा आक्रामक रुपमा नागरिक वचाउने अभियानमा उपाय समेत लागि रहेका छन् । काेराेनाकाे आक्रमण अब देश भित्र रहेका नागरिकमा पनि देखिएकाे छ ।

सामाजिक मिडियामा त तपाईं हामी सबै सचेत पार्दैछाैं । तर, साेसियल मिडिया नहेर्ने, हेर्न नसक्ने ६०% नागरिक अझैं पनि यति बर्ष केहि भएन अझ केही हुदैन, भगवानले जाेगाउछन् भन्ने विश्वासमा छन् । भारत लगायत विदेश बस्ने नागरिकहरु समेत राेग लागे पनि देश भित्र आउन खाेज्दैछन् । उनीहरुकाे कुरा एक रुपमा सहि हाेला तर सम्झाउन याे आबश्यक छ कि उनीसंग आउने राेगले तपाईं बाँच्ने तर तपाईंको छाेराछाेरी तथा आफन्त छिमेकमा नराम्रो घटना घट्न सक्छ । मलाई लाग्दैन एक दुई हप्ताकाे लक डाउनले याे समस्या समाधान हुन्छ, याे त महिनाैं लाग्न सक्छ ।

यस्ताे गम्भीर अबस्थामा सरकार पक्ष एक्लैले सबै काम गर्न सक्दैन । सबै पार्टीको एकाकार सहयाेग आबश्यक छ । नेपाली काँग्रेस देशकाे ईतिहास र विकल्प दुवै हाे, चाहे ठिक ठानाैं वा बेठिक ! नेकपाकाे सरकारले सबै दललाई आब्हान गर्दै हातेमालो गर्ने वातावरण बनाउन ढिला गर्नु हुन्न। विशेषत नेकाकाे पूर्ण सहयाेगका लागि उसकाे विश्वास सरकारले जित्नु पर्छ । नेकाले केन्द्र देखि वडासम्म अझ टाेलटाेलसम्म समन्वय गरेर काेभिड-१९ काेविरुद्ध जनचेतना जगाउन, क्वारेन्टाइनमा भएकालाई सुविधा पुर्याउन, क्वारेन्टाइनआबश्यक पर्नेलाई क्वारेन्टाइनमा राख्न सहयाेग गर्नु जरुरी छ ।

प्रत्येक स्थानीय तहले आफ्नो प्रभावकारिता बढाउनु पर्छ त्यसका लागि उसले स्थानीय शिक्षकहरुकाे सहयाेग लिन सक्छ । नेका, नेकपा तथा अन्य दलका अगुवा कार्यकर्तालाई परिचालन गर्न सक्छ । यसरी कार्यक्रम सञ्चालन गर्दा सामाजिक दूरी कायम गरेर गर्नु पर्छ । अब पक्षविपक्ष नभनि देश एक भएर अगाडि बढ्नुकाे विकल्प छैन । अब जति ढिला गरिन्छ त्यति नै हामी फस्दै जानेछाैं । यसको लागि सरकारले कुशल नेतृत्व देखाउन भने सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here