चितवन, बैशाख ८–
भरतपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण कुनै समस्या भए पैसा नलाग्ने हटलाइन तथा टोल फ्रि नम्बरमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।
कोरोना भाइरस सम्बन्धित कुनै पनि समस्या परेमा महानगरले हटलाइन नम्बर ०६५–५२०७०६, टोल फ्रि नम्बर १६६०५६५२२२२ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका सचिवालय प्रमुख गोपालकृष्ण न्यौपानेले कोभिड–१९ संक्रमण र महामारीबाट उत्पन्न विपदमा हटलाइन र टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे । आपतकालिन अवस्थामा सम्पर्क गर्नेलाई महानगरले सबै प्रकारका सहयोग गर्ने न्यौपानेले बताए ।