धनुषा,बैशाख ८–
धनुषाका एक वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए।
उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि आफ्नो गाउँ फर्केका थिए।
भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।
हाल पिसिआर टेष्टका लागि उनलाई जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याइएको छ।