आज पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

0
115

काठमाडौं,बैशाख ८-

देशभर स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ भने पहाडी भू–भागका केहि स्थानहरुका साथै पूर्वी तराईका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here