कोरोनाका कारण भारतमा ५१९ को मृत्यु ,१६ हजार बढी संक्रमित

0
128

एजेन्सी,बैशाख ८-

भारतमा कोभिड–१९( कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या १६ हजार भन्दा बढी पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५१९ जनाको मृत्यु भयो भने २३ सय एकजना निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ३६ सय ५१ पुगेको छ। त्यहाँ २११ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here