जनकपुरमा ‘पैसा छर्ने’ महिलामा कोरोना संक्रमण देखिएन

0
129

जनकपुर, वैशाख ७-

जनकपुरमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ । गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर दुई महिला फरार भएका थिए ।

यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो ।

दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर ती महिलाका प्रयोगशालामा  पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here