रत्ननगरमा एक जनामा देखियो आरडीटी रिपोर्ट पोजिटिभ

0
127

चितवन, वैशाख ७–

चितवनको रत्ननगरमा आज गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।

रत्ननगरमा अवस्थित गुञ्जमान सिंह हस्पिटलमा गरिएको र्‍यापिड टेस्टमा एक जनामा पोजिटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । आज ११ जनाको परीक्षण गर्दा एक महिलामा पोजिटिभ देखिएको हो । संक्रमित महिलाको पीसीआर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । उनको स्वाब संकलन गरी पीसीआरबाट भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here