चितवनमा भेटियो दुई जनामा कोरोना पोजिटिभ, स्वाब परिक्षणका लागि काठमाडौ पठाईयो

0
318

चितवन, बैशाख ४–चितवनमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज (बिहीबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

कोरोना संक्रमण पुष्टि भए सँगैै थप परिक्षणका लागि दुवैै जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । बिहीबार दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको उच्च स्रोतले बतायो । गत चैतमा विदेशबाट आएका उनीहरु पूर्वी चितवनका रहेको बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here