लक डाउनको बिषयमा चितवन प्रशासन र भरतपुर महानगरको आदेश बाझियो, सर्वसाधरण र व्यवसायी अन्यौलमा

0
425

चितवन, वैशाख ४–

कोभिड-१९ को जोखिम न्युनिकरणका लागी लक डाउन कडा हुनुपर्ने भन्दै चितवन प्रशासन र भरतपुर महानगरपालिकाले आज एकै दिन  प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । महानगर प्रवक्ता भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अत्यावश्यक पसल संचालन बारे समय तालिका निर्देश गरिएको थियो । जस अनुसार महानगरमा विहान ६ देखि ८ बजे र बेलुका ५ देखि ७ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु संचालन गर्न पाइने उल्लेख गरिएको छ ।

त्यसो नगरिएमा कारवाही गरिने चेतावनी समेत दिइएको छ । तर आज नै अपरान्ह जिल्ला प्रशासन कार्यालयबाट फरक आदेश आयो । जसमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पसल संचालन गर्न पाइने आदेश छ । यसरी एउटै जिल्ला भित्र फरक फरक आदेश आउँदा सर्वसाधरण र व्यवसायीहरु सार्है अन्यौलमा परेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here