कोरोना भाईरस (काेभिड-१९ )काे महामारी चिकित्सकहरूका लागि एउटा अवसर पनि हाे ।

0
227

प्रेक्षण रिमाल,खैरहनी-८, चितवन – याे समय जनताले नेतृत्व चिन्ने समय हाे । सबैकाे बाेलीकाे, कामकाे र नियतकाे लेखाजोखा गर्ने समय हाे । अब संसार हिजाेका संघर्षहरुबाट कहिल्यै गुज्रिने छैन् । केही महिनाअघिकाे आहुतिकाे अन्तरवार्ताले भन्न खाेजेकाे जस्तै अब खुकुरीले हाेइन,विज्ञानले सत्ता पल्टाउने छ । नेतृत्व वैज्ञानिक हुनु उनीहरुकाे अस्तित्वकै निम्ति पनि अत्यावश्यक भइसकेकाे छ । म चिकित्सा विज्ञानकाे विद्यार्थी भएकाे नाताले हाम्रा अग्रज र समकक्षीलाई खबरदारी पनि गर्न चाहन्छु । हामी आवश्यक ठाउँमा बाेल्न लाज नमानाैं तर आफ्नाे जानकारी उक्त विषयमा छ वा छैन हेक्का जरुर राखाैं । स्वास्थ क्षेत्रमा भएका गलत राजनीतिहरुकाे बारेमा हामी कम्तिमा सचेत चाहिँ हाेअेाें है । यसमा आजकाल देखिन थालेकाे ध्रुवीकरण नितान्त राजनीतिक नहाेस् । जुनियर डाक्टरहरु पनि थाेरै लाभकाे बदलामा पद्दतिलाई कमजाेर बनाउने खेलमा नलागाैं । याे काेभिडकाे महामारी चिकित्सकहरुका लागि अवसर पनि हाे । हाम्रो कामकाे मूल्यांकन जनताले कुनै पनि हालतमा गर्नेछन् । तर हामीभित्रकाे अहंकारलाई सन्तुलनमा ल्याउनै पर्छ । फलेकाे वृक्षकाे हाँगा झुकेकाे हुन्छ भन्न नचुक्ने हामीले हाम्रा अग्रजहरुलाई याे काेभिडकाे माेर्चामा अगाडि धकेल्नै पर्छ । विगतमा मेडिकल कलेजका अतिरिक्त शुल्कका बारेमा, आवासीय चिकित्सकका आवासका बारेमा, अस्पतालमा स्वास्थ्यकर्मीका सुरक्षाका बारेमा, तलब र सुविधाका बारेमा हाम्रा संगठनहरुले उचित आवाज उठाउन नसकेकाे कारण भनेकाे हाम्राे गलत अभ्यास नै हाे ।

आन्दाेलनहरु ठूलाे मिहेनत र बलिदानबाट मात्र सफल हुन्छन् भन्ने कुरा चिकित्साशास्त्र जस्ताे कठिन विषय पढेकाहरुलाई बुझाइरहन पर्दैन हाेला । तर, हाम्राे तलब कम छ त्यसैले सिटी स्क्यानकाे लागि बिरामी याे हस्पिटलमा रिफर गरेँ भन्न पाइन्छ कि पाइँदैन् ? जनतालाई मायाबाट र कर्मबाट नै हातमा र साथमा लिने हाे । हाम्राे पेशामा पनि वर्गहरु छन् । मेराे अनुराेध के मात्र छ भने चुनावताका चाकडी बजाउने अनि त्यसपछि आफ्नाे नेतृत्वकाे कमजाेरी मात्र केलाउने काम बन्द गराैं । हामी समग्रमा जस्ताे छाैं हाम्राे नेतृत्व ठ्याक्कै त्यस्तै छ । याे समयमा आफ्नाे काम गर्ने अनि व्यक्ति र चरित्रहरुकाे प्रवृतिकाे सप्रमाण टिपाेट राख्ने हाे । एउटा ठूलाे जमात छ जाे विकल्पकाे अभावमा छट्पटीमा छ । नेताहरुबाट विरक्त भएर कहिलेकाहीँ राजाकाे फाेटाे राख्ने अधिकांशकाे नियत सफा नै हुन्छ । तर लामाे समयसम्म विरक्तिएका असल नियतहरुलाई ठाउँमा ल्याउन सकिएन भने परिस्थिति फरक पनि बन्नसक्छ । व्यक्तिहरुलाई शुद्धीकरण वा विस्थापित गरेर नै हामीले याे व्यवस्था सफा बनाउन सक्छाैं । स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरु पिडित भएकाे मुख्यतः यिनै कारणले हाे, चाहे त्याे हिजाे बेलुकीकाे महाराजगञ्जतिर चिकित्सकमाथिकाे लाठीचार्ज हाेस् या वर्षाैंदेखिकाे चिकित्साशास्त्र पढ्दै गरेका विद्यार्थीहरुकाे भावना माथिकाे बलप्रयाेग । हामी मुद्दामा दृढ हुनुपर्छ । लहैलहैमा लाग्ने हाेइन, आफ्नाे मुद्दामा अडिग रहने र आफूले भाेट दिएकाहरुलाई जिम्मेवार बनाउन काेशिस नछाड्ने आजकाे आवश्यकता देख्छु म । याे भन्दैगर्दा काेभिड १९ विरुद्धकाे युद्धको माेर्चामा स्वतस्फूर्त वा बाध्यताले जुनसुकै ढंगले लागेकाे भए तापनि हामीले अग्रपंक्तिमा लागेकाहरु प्रति सम्मान प्रकट गर्नैपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here