र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) अन्तर्गत पोखरामा पनि एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ

स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाईयो

0
138

पोखरा, वैशाख ३–

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) अन्तर्गत पोखरामा पनि एक महिलाको  रिपोर्ट पोजिटिभ देखिएको छ ।

दुबईमा रहेका आफ्नो छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी पोखरा–१२ की ५५ वर्षीया महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here