र्‍यापिड टेस्ट अन्तर्गत चितवनमा भेटियो कोरोना पोजेटिभ

0
248

चितवन , बैशाख ३ –
देशभरका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गरेको बेला चितवनमा समेत एकजनामा कोरोना पोजेटिभ देखिएको छ । चितवनको रत्ननगरमा गरिएको र्‍यापिड टेस्टमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनको थप परिक्षणको लागि स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना अस्थायी अस्पतालमा पठाइएको गुञ्जमान अस्पतालले जनाएको छ । संक्रमण देखिएको पुरुष फागुन ३० गते कोरियाबाट नेपाल आएका बुझिएको छ । रत्ननगरका ३९ जनामा आज र्‍यापिड टेस्ट गर्दा ३८ जनाको कोरोना नेगेटिभ आएको र एकजनाको पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिना साथ उनलाई आइसोलेनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here