लकडाउनको समय सिमा लम्ब्याउने सरकारको तयारी, मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै

0
136

काठमाडौं,बैशाख १-

पछिल्लो समय दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उच्च सतर्कताका लागि थप निर्णय गर्न मंगलबार विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । भोली  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीन सातादेखि जारी लकडाउनको समय सिमा कम्तिमा पनि एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ ।

नेपालमा दोस्रा संक्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । सातामा एक दिन सोमबार बस्दै आएको मन्त्रिपरिषद्को आज बस्ने भनिएको बैठक विपद् व्यवस्थापन समितिको बैठकका कारण मंगलबारलाई धकेलिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here