काठमाण्डौं,बैशाख १-
काठमाडौंको पेप्सिकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका एकै परिवारका आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । तीनै जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिए लगतै ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
कोरोना संक्रमित उनिहरु चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे काठमाडौं आई सनसिटी अपार्टमेन्टको पाँचौ तलामा बस्दै आएका थिए । अहिले उक्त अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।