काठमाडौं, चैत ३०–
प्रधानमन्त्री केपी शर्मा नयाँ बर्षको पहिलो दिन भोलि (सोमबार) बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन समेत अनुरोध गरेका छन् । चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानका लागी भन्दै भोलि एक दिन राष्ट्रिय गान गाउन र ताली बजाउन समेत आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको यो अभियान आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सम्पुर्ण नेपालीलाई आ-आफ्नो ठाउँ बाट यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।
प्रधानमन्त्री ओलीले पनि उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
प्रकाशित मिति: