भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

संक्रमित नेपालीको संख्या १२ पुग्यो

0
119

नयाँदिल्ली,चैत २८ — भारतको मुम्बईमा रहेको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

उक्त नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोभिड–१९ संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका सबैभन्दा जेठा सदस्यले  बताएका छन ।

पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो ।पछि सबैको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि मनोबल बढ्दै गयो,’ उनले भने । उनी र अर्का एक जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा आइसोलेसनमा राखिएको छ । अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । बेलाबखत हल्का ज्वरो आए पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘बेलाबखत हल्का ज्वरो आउँछ । त्यो पनि बिस्तारै कम हुँदै गएको छ, अरू कुनै समस्या छैन,’ उनले भने ।

यसैगरी दिल्लीको इस्लामिक भेलामा सहभागी भएका दुई नेपालीमा पनि कोभिड–१९ देखिएको थियो । भेलामा सहभागी भएर हरियाणाको अम्बाला र उत्तरप्रदेशको बागवात जिल्लाको खेखडा पुगेका उनीहरूमा संक्रमण देखिएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here