नाकामा अलपत्र नेपालीलाई सम्बन्धित जिल्लामा पठाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

0
91

धनगढी,  चैत ११–

सुदूरपश्चिम प्रदेश सरकारले सीमामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सम्पन्न बैठकले त्रिनगर नाकाको दशगजा क्षेत्रमा रोकिएका नेपालीहरुको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा पठाउने निर्णय गरेको हो ।

नाकामा भारतको बैंगलोर, मुम्बई, दिल्ली लगायतका स्थानमा काम गरिरहेका नेपालीहरु सोमबारदेखि अल्पत्र अवस्थामा रहेका छन् ।