कोरोनाको कारण रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम

0
119

चितवन, चैत ९ –

संसारभर महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन भन्दै धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ ।

सरकारले गरेको निर्देशन बमोजिम २५ जना भेला हुन नपाइने भएकोले निर्माणको कामलाई तत्कालका लागि स्थगित गरिएको फाउण्डेसनले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

जनस्तरबाट निर्माण भईरहेको यस रंगशालामा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी समेत अपनाउन अनुरोध गर्दै ,स्वास्थ्य संवदेनशिलतालाई ख्याल गरी रंगशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगित गरिएको बिज्ञप्तिमा उल्लेख छ ।