कोरोनाको कारण पटिहानीमा रहेको अम्ब्रेला स्ट्रिट घुम्न मनाही

0
90

भरतपुर,८ चैत्र-

काेराेना संक्रमण सजगताको लागी भन्दै नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीकाे अम्ब्रेला स्ट्रिट बन्द गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) कारण अम्ब्रेला स्ट्रिट बन्द गरिएको हो ।

नेपाल सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसंगै अम्ब्रेला स्ट्रिट बन्द गरिएको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

छोटो समयमै अम्ब्रेला स्ट्रिटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएता पनि कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपाउनु पर्ने आवश्यक देखिएको अर्को सूचना जारी नहुन्जेलसम्मका बन्द गरिएको अध्यक्ष महतोले बताए ।

 

आज शनिबारदेखि बन्द गरिए पनि सयाैं पर्यटक आएकाे जानकारी गराउँदै प्रचारप्रसार संयाेजक रामहरि सेढाईंंलेे केही समय स्ट्रिट नआउन अपील गरेका छन ।