कोरोनाको आशंकामा चितवनमा १ जना विरामी अस्पताल भर्ना

0
81

चितवन,चैत्र ८ –

चितवनमा कोरोना भाईरस (कोबिड १९) को आशंकामा १ जना विरामी अस्पताल भर्ना भएका छन् । आज भरतपुर केन्द्रिय अस्पतालमा आएका ५ जना विरामी मध्ये १ जनालाई अस्पतालकै आईसोलेसन वार्डमा भर्ना गरिएको डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

भरतपुरमै रहेको अस्थाई कोरोना अस्पतालको आईसीयु तयार भईनसकेकाले उनलाई अस्पतालमै राखिएको हो । उनको भोली मात्रै नमुना परिक्षण गरिने जनाईएको छ ।

अस्पताल आएको अन्य ४ जनालाई भने सामान्य ज्वरो देखिएको डा. अधिकारीले बताउनुभयो ।सामान्य परिक्षण पछि उनीहरुलाई घर पठाईएको छ। तर अन्य सर्वसाधारणहरुलाई नआत्तिन अस्पतालले आग्रह समेत गरेको छ ।प्रयाप्त तयारीका साथ चिकित्सक परिचालन गरिएकाले ढुक्क हुन आग्रह गरिएको हो ।