कोरोना बारे अफवाह फैलाउने एक जना युवक पक्राउ

0
465

काठमाडौँ,चैत्र ८ —

सामाजिक सञ्‍जालमा कोरोना भाइरस (कोभिड १९) को महामारी बारे अडियो क्लिप मार्फत अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा देखा परेको थियो ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।यतिबेला उक्त अडियो क्लिप सामाजिक सन्जालामा भाईरल भएको छ ।