सरकारको अवज्ञा गर्दै भाटभटेनी/पत्रकार गौतममाथि दुर्व्यवहार

0
91

चितवन,  ७ चैत्र –

चितवनको भरतपुरस्थित भाटभेटनी सुपरमार्केटमा पत्रकार शिव गौतम दुव्र्यवहार भएको छ । भाटभटेनी सुपरमार्केटमा व्यापक भिडभाड भएपछि फोटो खिच्न गएका पत्रकार गौतममाथि सुपरमार्केटका कर्मचारीले दुव्र्यवहार गरेको हो ।

सरकारले २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन रोक लगाए पनि भाटभाटेनी सुपरमार्केटले अटेरी गर्दै आएको छ । भाटभटेनीमा विदेशी नागरिकहरुको समेत उपस्थिति हुने गरेको छ । यही विषयका लागि रिपोर्टिङ गर्न कायाकैरन दैनिकका संबाददाता गौतम शुक्रबार भाटभटेनी पुगेका थिए । त्यहाँका कर्मचारीहरुले गौतमले खिचेका फोटोहरु डिलिट गरेर पिट्ने प्रयास गरेका थिए ।