चलचित्र ‘मेरो आफ्नो’प्रदर्शनको तयारीमा

0
146

भरतपुर,७ चैत्र ।

चलचित्र “मेरो आफ्नो” छिटै प्रदर्शनको तयारिमा रहेको छ ।ओम साईभक्त मुभि प्रालीको ब्यानरमा निर्मित श्रीराम वरालको उक्त चलचित्र प्रदर्शनको अन्तिम तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ । राजु अधिकारीको निर्देशनमा तयार हुँदै गरेको उक्त चलचित्रको गितहरु छिट्टै सार्वजनिक हुने जनाईएको छ । उक्त चलचित्रको लेखक एवं निर्मातामा मौनता श्रेष्ठ, निर्माताहरुमा निलबहादुर केसी, वसन्त शर्मा र धिरज कुमार श्रेष्ठ रहनु भएको छ ।
आगामी जेठ पहिलो सातावाट प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रको नायक केवलजंग कुँवर र नायिका सुजाता थापा रहनु भएको छ । करिव एक करोडको लागतमा तयार हुँदै गरेको उक्त चलचित्रमा पारिवारिक पृष्टभुमि समकालिन समयको प्रेम, त्याग र सुख दुखःमा साथ दिन आफन्त एवं पराई विचको सम्वन्धलाई आधुनिक ढंगले प्रस्तुत गरिएको निर्माता मध्येका एक निलबहादुर केसीले जानकारी दिनुभयो ।
चलचित्रले समसामयिक विषयवस्तु उठान गरेकोले उक्त चलचित्रले एक सफल चलचित्रको स्थान लिने र राम्रो व्यापार गर्ने निर्माता केसीको दावी छ । उक्त चलचित्रको छायांकन चितवन र पोखरा एवं आसपासका क्षेत्रमा गरिएको चलचित्रका नायक कुँवरले जानकारी दिनुभयो । नवनायक कुँवर सोहि चलचित्रवाट फिल्मी क्षेत्रमा डेब्यु गरेका हुन ।