कोरोनाका सम्पूर्ण बिरामीको जिम्मा सरकारले लिने

0
236

काठमाडौं,चैत ६

कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने भएको छ  । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले  कोरोना लागेका सबै बिरामिको उपचारको जिम्मा सरकारले लिने बताए ।

मन्त्री ढकालले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पष्ट पारे । उनले भने, ‘रगत परीक्षण गरेर त्यहाँ यो कोरोना संक्रमित हो भन्ने भयो भने अनि बल्ला खकारहरु त्यहाँबाट ल्याएर टेस्ट गर्न सकियो अनि बिरामीलाई चाहिं उपचार गर्ने कुरा की त्यहिं व्यवस्था गरिन्छ की यहाँ ल्याएर उपचारको जिम्मा सरकारले लिन्छ ।’