पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

0
88

काठमाडौं,चैत्र ६

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई गएराति अस्पताल भर्ना भएका छन् ।भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेका अनुसार ‘ब्याक पेन’ भएपछि भट्टराई बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।

यसबारे विश्वदीपले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकको सल्लाहमा राति उहाँ अस्पतालै रहनुभयो । एन्जिओग्राम लगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुनुहुनेछ ।”