प्रदेश २ को नाम ‘मधेस प्रदेश’ नराखेकोमा बाबुरामको असन्तुष्टि

0
162

काठमाडौँ, चैत ५–

प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ नराखेकोमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा हिन्दी भाषामा ट्विट गर्दै डा. भट्टराईले मधेसवादी नेताहरुले अब लाज मान्नुपर्ने आशय व्यक्त गरेका छन् ।

उनले आफूसँगै जनयुद्धमा होमिएका केही पूर्व माओवादी नेता र पूर्व नयाँ शक्ति पार्टीका नेताहरुको नाम उल्लेख गर्दै उनीहरुले लाज मान्नुपर्ने समेत बताएका हुन् ।

‘जब ‘मधेसी’ पहिचान नेपालको संविधानमा स्वीकार गरिएको छ भने २ नम्बर प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुँदैन ? हाम्रा पूर्व माओवादी कमरेड मातृका यादव, प्रभु साह, भरत साह कहाँ हुनुहुन्छ? अनि पूर्व नयाँ शक्तिका मित्र रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हुनुहन्छ? केही त लाज मानौँ मित्रहरु’, बाबुरामले ट्विट गरेका छन् ।

प्रदेश २ को नाम मधेस राख्ने प्रस्ताव प्रदेशसभाको मतदात मार्फत अस्वीकृत भएको थियो ।