देशभरका विद्यालय तथा कलेज चैत मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

व्यापक दबाबपछि एसईई परीक्षा स्थगित

0
85

काठमाडौं,चैत ५-

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।

यसै बिच ,सरकारले अन्तिम समयमा आएर चैत ६ गतेदेखि सञ्चालन हुने भनिएको एसईई परीक्षा व्यापक दबाबपछि  स्थगित गरेको छ। नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको हो ।