१० लाख थान मास्क सहित काठमाडौंको सानो भर्‍याङबाट १ जना पक्राउ

0
88

काठमाडौँ,चैत ५

महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्‍याङबाट १० हजार थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार १० लाख थान मास्कसहित गोरखाका युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ।