स्काउटले शुरु गर्‍यो कोरोना विरुद्धको अभियान, काठमाडौंका विभिन्न ५० ठाउँमा हात धुने र स्यानिटाईजर स्टेशन राख्दै

१० लाख जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने

0
189

काठमाडौं, ०५ चैत । 

नेपाल स्काउटले विश्वभर फैलिएको कोरोना भाईरसको महामारी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ५० ठाउँमा यही साताबाट हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

 

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्रुयुलाइ जनचेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ ।

संयोजक भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरि ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ ।

एक हप्तासम्म चल्ने यो अभियानबाट काठमाडौं उपत्यकाका १० लाख जनता प्रत्यक्ष रुपमा लाभान्वित बनाउँने नेपाल स्काउटको लक्ष्य रहेको बताइएको छ ।