मास्कको कालोबजारी गर्ने प्रहरिको फन्दामा

0
94

काठमाडौं, चैत्र ३ 

कोरोना भाइरसको हल्लाले बजारमा कालोबजारी बढेपछि प्रहरीको विशेष टोली बजारमा परिचालन भयो। विशेष अपरेसन सञ्चालन गरेको प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ ।

सो क्रममा आइतवार मात्रै काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख थान भन्दा बढी मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो।

कपनको मिलनचोकबाट ३५ कार्टुन मास्क बरामद गरिएको हो। ३५ कार्टुनमा १ लाख ६८ वटा मास्क रहेका थिए। त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको थियो। विष्णुदेवीको आरडिजी इन्टरनेसनल सप्लायर्सबाट प्रहरीले १२० कार्टुन मास्क बरामद गरेको हो। कार्टुनमा ६ लाख भन्दाबढी मास्क रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ती स्थानहरुबाट पाँच जनालाई पक्राउ समेत गर्‍यो। करिब ३ रुपैयाँ २५ पैसा पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो।