विद्यालय समय ९ बजेदेखि ३ बजे सम्म, आउँदो शैक्षिक सत्रदेखि लागु हुने

0
125

काठमाडौं,चैत ३-

सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १० बजेदेखि ४ बजेसम्म तोकिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । यस्तै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन समेत दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका  सचिव महेशप्रसाद दाहालका अनुसार यो निर्णय देशभरका सबै विद्यालयहरुमा लागु गर्ने कुरा छ ।