प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

0
128

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।  गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार अप्रेशन भएको थियो ।
ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र सबै सूचक पनि राम्रो रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यरोपण गरिएको ओलीको १२ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपनि केही समय बालुवाटारस्थित सरकारी निवासमै आराममा रहनेछन् ।