कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका यस्ता छन् १९ निर्णय

0
109

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा फैलन नदिन र त्यसवाट बच्ने  पूर्व तयारीका लागि सरकारले श्रम स्वीकृत अनिश्चितकालका लागि रोक्ने देखि तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा ३० अप्रिल २०२० सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

बिहिबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको उच्च्स्तरीय समितिले विभिनन् १९ बुदा निर्णय गदै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले नेपालमा आयोजना हुने

अन्तराष्ट्रिय सभा सम्मेलन जेठ १८ गते सम्मका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।

संक्रमणवाट जोगिनका लागि ठूलो संख्यामा मानिसहरु भेला हुने, सिनेमाहल, सभा समारोह, सामाजिक कार्य र मेला महोत्सवमा सहभागी नहुन पनि आम सर्वसाधारणलाई सरकारले आग्रह् गरेको छ ।