भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

0
11

काठमाडौँ,कार्तिक १५- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ ।

विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू
१) वि.सं. २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती।
२) वि.सं. २०७८ कात्तिक१७ गते, बुधबार –   काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)
३) वि.सं. २०७८ कात्तिक १८ गते, विहिबार –  लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रि ।
४) वि.सं. २०७८ कात्तिक १९ गते, शुक्रबार –  गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२  प्रारम्भ ।
५) वि.सं. २०७८ कात्तिक २० गते, शनिबार –  यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११:२ बजे।