नेकपा(माओवादी)एक समुह र नेकपा( ताम्सालिङ्ग) बिच एकता

0
17

काभ्रे,कार्तिक १४ – नेकपा (माओबादी )को एक समुह  र नेपाल कम्युनिष्ट पार्टी ताम्सालिङ्गबिच पार्टी एकता भएको छ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माणिक लामाको नेतृत्वको एक समुहले बिद्रोह गरेको  र नेपाल कम्युनिष्ट पार्टी ताम्सालिङ्ग बिच पार्टी एकता भएको हो।

लामाको नेतृत्वमा बिद्रोह गरेको नेपाल कम्युनिष्ट पार्टी र नेपाल नेतृत्वको नेपाल कम्युनिष्टपार्टी (माओवादी)बीच शनिबार काभ्रेमा आयोजित एक कार्यक्रम बीच पार्टी एकीकरण भएको सगुनले जनाएका छन।

दुवै पार्टीको एकीकरण पश्चात पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ।पार्टीको महासचिवमा माणिक लामालाई चयन भएका छन केन्द्रीय नेता सगुनले बताए।त्यसैगरी एकसय तीन सदस्यीय रहने केन्द्रीय समितिको आगामी २७ र २८  हुने बैठकले निर्णय गरिने जनाइएको छ।