सरकार द्वारा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज

0
121

काठमाडौँ,असोज १२- सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो ।

अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर १६ पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो।

समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण थिए ।