रत्ननगरमा एनआरएनएको उम्मेदवारसंग अन्र्तक्रिया सम्पन्न

0
118

रत्ननगर,असोज १२-

गैरआवासीय नेपाली संघ(एनआरएनए)को उम्मेदवारसंग रत्ननगरमा अन्र्तक्रिया सम्पन्न भएको छ ।

एनआरएनएको अक्टोवरमा हुने दशौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेकी रविना थापा,उपाध्यक्षको उम्मेदवार जयप्रकाश गुरुङ, महासचिव पदका उम्मेदवार विनय अधिकारीसंग मंगलबार रत्ननगरमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्दै थापाले नेतृत्व तहमा वस्न महिला पनि सक्षम छन् भन्दै अहिलेसम्म संघमा महिलाले नेतृत्व नगरेको अवस्थामा आफुले चुनाव जितेर इतिहास रच्ने दावी गरिन् ।

उनले अघिल्लो महाधिवेशनमा उपाध्यक्षमा सबैभन्दा वढी मत ल्याएको हुँ भन्दै अहिले पनि विश्वभरी रहेका सम्पुर्ण नेपालीको साथ रहेकोले अध्यक्षमा जित्ने विश्वास ब्यक्त गरिन।

थापाले अध्यक्षमा जितेपछि नेपालीहरुको हितको लागि अझै वढि सशक्त ढङ्गले लाग्ने भन्दै कोरोना महामारिको समयमा एनआरएनएले देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोग गरेको स्मरण गरिन।

कार्यक्रममा एनआरएनएमा उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका जय प्रकाश गुरुङले सवैको साथ र सहयोग रहेको भन्दै आफुले उम्मेदवारी दिएको र उपाध्यक्षमा विजय हासील गर्ने बिश्वास ब्यक्त गरे ।

उनले जित हासिल गरेपछि नेपालीहरुकै सुख दुःखमा साथ दिदै अगाडी वढ्ने प्रतिबद्धता ब्यक्त गरे।

त्यस्तै ,ग्लोबल गोर्खा समाजका अध्यक्ष तथा संघमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका विनय अधिकारीले पनि देश तथा विदेशका नेपालीहरुको साथ रहेकोले आफ्नो जित निश्चीत भएको दावी गरे । उनले महासचिव पदमा जित हासिल गरेपछि नेपालीहरुकै हितमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

नेपाली कांग्रेस रत्ननगरको नव निर्वाचित अध्यक्ष प्रल्हाद सापकोटालाई वधाई तथा सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथी पुर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले एनआरएनएले कोरोना महामारीको समयमा नेपालीहरुलाई गरेको सहयोगको प्रशंसा गर्दै संघले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास ब्यक्त गरे ।

गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् चितवनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह-सचिव सुर्य अर्याल,नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति कुमार कार्की, नेपाली कांग्रेस रत्ननगर वडा नम्वर १२ का वडा सभापति कृष्ण रेग्मी लगायतको उपस्थिती रहेको थियो ।