रत्ननगर ९ मा पौडेलको नेतृत्वमा नेकपा एकीकृत समाजबादीको ४३ सदस्यीय वडा कमिटी गठन

0
166

चितवन,असोज ११-नेकपा एकीकृत समाजबादीले रत्ननगर ९ मा सोमवार वडा कमिटी गठन गरेको छ।

४३ सदस्यीय वडा कमिटीको अध्यक्षमा बालकृष्ण पौडेल चयन भएका छन।कमिटीको उपाध्यक्षमा मीनबहादुर लामा र गायत्री विक,सचिवमा विजय रिजाल,सहसचिवमा भिखु महतो चयन भएका छन।

नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनाल पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।सो अवसरमा उनले सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने बताए ।

केन्द्रीय सदस्य सुर्य लामिछानेले देशभर पार्टीको संगठन निर्माण र विस्तारको काम भइरहेको भन्दै छिट्टै समाजबादी देशका ठुला दलहरुको हैसियतमा पुग्ने दावी गरे ।

जिल्ला अध्यक्ष डा.कृष्ण पन्तले जिल्लामा पार्टीको संगठन विस्तारलाई तीब्रता दिइएको बताए ।

जिल्ला कमिटी सदस्य तथा कार्यपालिका सदस्य सरस्वती लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव कुलप्रसाद लामिछाने,जिल्ला सदस्य बद्रिनाथ घिमिरे,नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे,जिल्ला सदस्य तथा वडाध्यक्ष रोशन आचार्य लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम जिल्ला सदस्य झलक खनालले संचालन गरेका थिए ।