युवा स्वर्ण तारा क्लबको आयोजनामा जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने

0
153

चितवन ,असोज ०७- चितवनको खैरहनी नगरपालिकामा जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ।

क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

पुर्वी चितवनको खैरहनी नगरपालिका -६ मा अवस्थित युवा स्वर्ण तारा क्लबको आयोजनामा स्व. डिल्लीराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल आयोजना गर्न लागिएको हो ।

मेडिकल हल सञ्चालन गर्दै आएका अधिकारिको कोभिड १९ का कारण निधन भएको थियो ।

जिल्लाका १४ टिम सहभागी हुने प्रतियोगिता यहि असोज ९ गतेदेखि सुरु हुने क्लबका अध्यक्ष एवं प्रतियोगिताका संयोजक मनोज खड्गीले जानकारी दिए । खेल खैरहनी माध्यामिक विद्यालयको प्राङ्गणमा हुने उनले बताए।

प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँसँगै ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताको प्रथम पुरस्कर जिल्ला समन्वय समिती चितवनले सहयोग गर्ने भएको छ।

पुर्विचितवनको पुरानो क्लब भएको र क्लबले राम्रो काम गर्न लागेकोले जिसस प्रमुख कृष्ण कुमार डल्लाकोटिले सहयोग गर्ने प्रतिबद्धता दिएको अध्यक्ष खड्गीले बताए ।

प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ पुरस्कार प्रदान गरिने क्लवका सचिब सागर अधिकारीले बताए ।

प्रतियोगिता अवलोकनका लागि ३० रुपैयाँ प्रवेश शुल्कको ब्यवस्था गरिएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता गराइने क्लबका सल्लाहकार केएन सिलवालले बताए ।विसं २०४१ सालमा स्थापना भएको युवा स्वर्ण तारा क्लबले खेलकुद बाहेक सामाजिक काम समेत गर्दै आएको छ ।

क्लबले प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको छ ।

पहिलो खेलमा वसन्तपुर युनाइटेड क्लब माडी र हर्दी युवा समाज राप्ती ६ बीच प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा फुटबलका पूर्वराष्ट्रिय खेलाडी छन्नुराम चौधरी, भेट्रान खेलाडी चक्र पुन, स्व. डिल्लीराम अधिकारीका छोराछोरी लगायतको उपस्थिति रहेको थियो ।