हिमालयन पञ्चबजार ब्याडमिन्टन ग्रुपको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

0
128

रत्ननगर,असोज ०६- हिमालयन पञ्चबजार ब्याडमिन्टन ग्रुपले हिन्दुहरुको महान पर्व दशैँ तिहारको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आउँदो बिहिबार देखि सो ग्रुपले रत्ननगर–१३ जयमंगला स्थित आफ्नै ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिताको आयोजना गर्न लागेको कार्यक्रमका आयोजक मध्यका एक शुदिप शाहले जानकारी दिए।

युवाहरुलाई सक्रिय बनाउन र खेल प्रतिको अभिरुचिलाई कायम राख्न सो प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा समुह “ए” र समुह “बि” गरि ४० जनाले भाग लिने उनले बताए ।

शाहका अनुसार समुह “ए” मा २० जना र समुह “बि” मा २० जना प्रतियोगिहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई रत्ननगर नगरपालिका वडा नं. १३ ले पनि सहयोग गरेको उनल जानकारी दिए ।

त्यस्तै, वडा नं. १३ का वडा सदस्य अजित चौरेलले खेलाडीहरुको मनोबल बढाउनको लागि सधै वडा लागि रहने भएकाले पनि सो खेलको लागि सहयोगिको रुपमा आफुहरु अगाडि आएको जिकिर गरे ।

सो प्रतियोगिता असोज ७ गते शुरु भएर असोज २१ गने समापन हुने आयोजक समेत रहेका शुन्दर भट्टराईले जानकारी दिए।