आशिषको संयोजकत्वमा वैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टि चितवनको गठन

0
183

चितवन ,असोज २- बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टि नेपालले चितवनमा पनि जिल्ला कमिटी गठन गरेको छ । आज भरतपुरमा सम्पन्न प्रथम जिल्ला भेलाबाट आशिष् शर्मा (प्रखर) को सम्योजकत्वमा जिल्ला कमिटी गठन गरेको हो ।

कमिटिको सचिबमा कमला बिस्वकर्मा चयन भएकी छिन । जिल्ला कमिटी गठन गर्दा सम्योजक, सचिब र अन्य सबै सदस्य रहने केन्द्रिय नीति अनुसार २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सम्योजक प्रखरले बताए ।

भेलालाई सम्बोधन गर्दै पार्टिको बागमती प्रदेस सम्योजक राजकुमार हिङमाङले अब बैज्ञानिक समाजबादले मात्रै मुलुकको बिकास र राजनितिक निकास दिने बताएका थिए । यस्तै लुम्बिनी प्रदेस सम्योजक लछुराम बिस्वकर्माले सबैलाई बैज्ञानिक समाजबादी पार्टिमा लामबद्द हुन आग्रह गरेका थिए ।

बिस्वभक्त दुलाल आहुती नेतृत्वको बैज्ञानिक समाजबादी पार्टिले अहिले देसैभर जिल्ला कमिटी गठन गर्ने लगायत सङठन बिस्तारमा जोड दिएको छ। चाडैनै पार्टिको रास्ट्रिय सम्मेलन गर्नेगरी तयारी भैरहेको नेताहरुले बताएका छन ।