पुर्विचितवनको रत्ननगरमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

0
198

चितवन,भदौ ३०- पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा नेकपा एमालेलको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । आज(बुधबार)नेकपा एमाले वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा प्रतिनिधि सभा साँसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।

सो अवसरमा नेता पाण्डेले चितवनका नेता कृष्णप्रसाद खनालले विभाजनको बाटोमा लागेर गलत गरेको बताए ।कृष्ण खनालले केही मान्छेहरु लिएर जानु भयो, उनले भने “उहाँलाई मैले अन्तिम सम्म पनि त्यो बाटो लाग्न हुदैन भनेर सम्भाएको थिए तर उहाँ थाहै नदिई जानु भयो ।”

कार्यक्रममा बोल्दै नेता पाण्डेले विभाजनको बाटो लागेर पार्टी छोडेका चितवनका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्किन आग्रह समेत गरेका छन ।वडा कमिटी अध्यक्ष आसिक तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी सचिव प्रकाश खनाल `शैलेस´, प्रदेश कमिटी सदस्य प्रेमनाथ दुवाडी,नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेताहरु रामप्रसाद पाण्डे,सरोज तिमिल्सिना,लीलादेबी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रामकृष्ण खड्का,रुकमाया परियार,रामबहादुर लामा,नेत्रमान लामा,डम्मर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । कृष्ण पन्तले सञ्चालन गरेको कार्यक्रममा चन्द्रप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए।