क्रियाशिल युवा पत्रकार आचार्यको नेतृत्वमा चितवनमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

0
156

चितवन ,भदौ २८- पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ ।

चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो ।

समितिले उपाध्यक्षमा महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष बस्ताकोटीलाई चयन गरेको छ ।

यसैगरी, सदस्यमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन।

नवगठित समुहका अध्यक्ष युवा पत्रकार आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताए ।

साथै, उनले आफुहरुले पहिलो वैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन गर्ने बताए।