खैरहनी नगर प्याव्सनको अध्यक्षमा अधिकारी पुन: चयन

0
282

चितवन,भदौ २६- खैरहनी नगर प्याव्सनको नेतृत्वमा पुनः टेकराज अधिकारी चयन भएका छन।खैरहनी प्याव्सनको आज भएको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवेसनबाट फेरि पनि अधिकारी नै अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन।खैरहनी नगर प्याव्सनको संस्थापक अध्यक्ष समेत रहेका अधिकारीलाई फेरि पनि अध्यक्षको जिम्मेवारी दिइएको हो । अधिकारी पुर्वी चितवनको उत्कृष्ट शैक्षिक संस्था ग्लो साईन एकेडेमिका प्राचार्य हुन।

अधिवेसनबाट आगामी तिन बर्षको लागि अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिती समेत गठन भएको छ ।

कार्यसमितीको सचिवमा धनविर चौधरी , कोषाध्यक्षमा विपना ढकाल, सदस्यहरुमा राजु चौधरी , कमल पौडेल , हिरा रिमाल र ढलक कुमार लामा चयन भएको नगर प्याव्सनका सल्लाहकार तथा निर्वाचन अधिकृत खडानन्द (के.एन) सिलवालले जानकारी दिए ।

अधिवेशनबाट पुन: निर्वाचित अध्यक्ष टेकराज अधिकारीले अभिभावकको माग र चाहना बढ्दै गएकोले विद्यालयहरुले गुणस्तरिय शिक्षामा बिशेष ध्यान दिनुपर्ने बताए ।

खैरहनी नगर प्याव्सनका सल्लाहकार आइ पि लामिछानेको प्रमुख आतिथ्यता भएको साधारणसभामा विपना ढकाल ,प्याव्सन चितवनका जिल्ला सदस्य आर सि लामिछाने , खैरहनी प्याव्सनका सल्लाहकार के एन सिलवाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी आइ पी लामिछानेले शिक्षण पेशा संवेदनशिल पेशा भएकोले यसमा अर्थिक मुनाफा कम हुने तर सामाजिक जिम्मेवारी धेरै हुने बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयहरु बिच गुणस्तरिय शिक्षा प्रदान गर्ने बिषयमा प्रतिस्पर्धा गर्नुपर्ने तर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुनेमा जोड दिएका थिए ।

खैरहनी नगर प्याव्सनमा खैरहनी क्षेत्रका १७ वटा संस्थागत विद्यालय आवद्ध रहेका छन ।