एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

0
74

काठमाडौँ,भदौ १८ –  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।

शुक्रबार गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

उनले स्वकीय सचिव मार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन्।

एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन।

गौतम एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए।