बिप्लव द्वारा माधवपुर ब्याडमिन्टन कोर्टको उद्घाटन

0
479

रत्ननगर,भदौ १२-
चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा रहेको नव निर्मित माधवपुर ब्याडमिन्टन कोर्टको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र बिप्लव चन्द”बिप्लव” ले उद्घाटन गर्नुभएको छ।माधवपुर ब्याडमिन्टन समिति द्रारा निर्मित ब्याडमिन्टन कोर्टको उद्घाटन कार्यक्रममा बोल्दै नेता बिप्लवले अब सबै सङ्गै सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।आज(शनिवार) बिहान सम्पन्न उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने , स्थानिय जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रमुख, समाजसेवी , खेलप्रेमी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम माधवपुर ब्याडमिन्टन समितिका अध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।