रत्ननगर -१५ मा अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटि गठन

0
421

रत्ननगर,भदौ १२- नेकपा माओवादी केन्द्र निकट महिला संघले अनेमसंघ (क्रान्तिकारी) रत्ननगर नगरपालिकाको वडा नं १५ मा २९ सदस्यीय नयाँ वडा कमिटि गठन गरेको छ ।

पार्टीले संगठन सुद्रिढीकरण गर्दै जाने क्रममा वडामा अनेमसघ (क्रान्तिकारी)को वडा कमिटि निर्माण गरेको हो । शनिबार सम्पन्न भेलाले प्रमिला ढकाललाई सर्वसम्मतरूपमा अध्यक्षमा चयन गरेको छ । जस्को उपाध्यक्षमा दुर्गा पन्त ,मधु खनाल र सचिव कोपिला अधिकारी रहेको वडा कमिटि गठन गरेको छ ।

अनेमसघ(क्रान्तिकारी) को वडा भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य संगिता भट्टराई र जिल्ला सदस्य एवं नगर अध्यक्ष ओम लामिछाने लगायतको उपस्थिति रहेको थियो ।