देवघाट गाउँपालिकाका अध्यक्ष सहित नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधी एमालेमै रहने

0
87

देवघाट,भदौ १२- तनहुँको देवघाट गाँउपालिकामा नेकपा एमालेबाट निर्वाचित गाँउपालिका अध्यक्ष सहितका सबै जनप्रनिधिहरुले आफू एमालेमै रहने बताएका छन।

लामो समयदेखि नेकपा एमालेकै लागि त्याग र योगदान दिएको भन्दै उनिहरुले विभाजनको पक्षमा आफूहरु नलागेको बताएका छन् । वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा ५ वडा रहेको देवघाट गाँउपालिमा अध्यक्षसहित २ वडाका अध्यक्ष पदमा एमालेबाट उठेका जनप्रतिनिधिहरुले चुनाव जितेका थिए ।

आफ्नो कार्यकालमा गाँउपालिकाको काममा व्यस्त रहने भन्दै अहिले यो र उ नभनि जनताको काममा लाग्ने गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो ।

तर पार्टी छनौट गर्नु पर्दा आफूसहित सबै जनप्रतिनिधि एमालेमै रहेको उहाँले जनाउनुभयो । अध्यक्ष थापाबाहेक देवघाट गाउँपालिका १ र ५ नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

देवघाट गाउँपालिका १ वडा अध्यक्ष भिमबहादुर गुरुङसहित वडासदस्यहरु र देवघाट गाँउपालिका प्रवक्ता एवं देवघाट गाँउपालिका ५ वडाअध्यक्ष यालबहादुर गुरुङसहित वडासदस्यहरु सँगै देवघाट गाउँपालिका ४ मा दलित महिला सदस्य विजयी रहनुभएकी जनप्रतिनिधि समेत नेकपा एमालेमै रहेको बताइएको छ ।